अखिल क्रान्तिकारी कैलाली बहुमुखी क्याम्पस इकाई सम्मेलन सम्पन्न, मडैको अध्यक्षतामा समिति चयन

अखिल क्रान्तिकारी कैलाली बहुमुखी क्याम्पस इकाई सम्मेलन सम्पन्न, मडैको अध्यक्षतामा समिति चयन

धनगढी । अखिल क्रान्तिकारी कैलाली बहुमुखी क्याम्पस इकाई समितिको नवौ सम्मेलन धनगढीमा सम्पन्न भएको छ। कैलाली बहुमुखी क्याम्पस इकाईका निवर्तमान अध्यक्ष विनोद बिष्टको अध्यक्षतामा सम्पन्न सम्मेलनले योगेश मडैको अध्यक्षतामा ४१ सदस्यिय इकाई समिति चयन गर्दै सम्मेलन सम्पन्न भएको हो।

सम्मेलन मा अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य तथा पश्चिम कमाण्ड इन्चार्ज बबरजङ्ग सी प्रमुख अतिथी रहेका थिए भने विशिष्ट अतिथीहरूमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य विनोद सी, पश्चिम दक्षिण कैलाली सेक्रेटरी विरू सी, बझाङ सेक्रेटरी तिलक सी, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य महेश सी, नेकपा धनगढी इन्चार्ज शिवराज सी, जिल्ला सदस्य अडान सी, धनगढी सेक्रेटरी भोजराज सी, अखिल क्रान्तिकारी कञ्चनपुर अध्यक्ष अनिल सी लगायत रहेका थिए। 

नौ वटा मैनबत्ती बालेर उद्घाटन गरिएको सम्मेलनलाई अखिल क्रान्तिकारी केन्द्रीय कार्यालय सदस्य बबरजङ्ग सी, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य विनोद सी, दक्षिण पश्चिम कैलाली सेक्रेटरी विरू सी, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य महेश सी, कैलाली बहुमुखी क्याम्पसका प्रमुख तोयराज भट्ट ,क्याम्पसका स्ववियु सभापति यमराज जोशी लगायतले सम्बोधन गरेका थिए। 

सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि बबरजङ्ग सीले शैक्षिक विकृत्ति र विसंगति विरुद्ध सडक बाघका रूपमा स्थापित अखिल क्रान्तिकारी विद्यार्थीको हकहितका लागि सदैव संघर्षमा रहेको बताए । कैलाली क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस बनाउन आफ्नो संगठनले अग्रणी भुमिका निर्वाह गरेको बताउँदै उच्च शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउनुपर्ने र विद्यालय शिक्षा निःशुल्क र सिपमुलक बनाउनुपर्ने उनले बताए ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य विनोद सीले शिक्षालाई अनिवार्य श्रम र उत्पादनसँग जोड्नुपर्ने बताउँदै श्रममा हीनताबोध होइन गौरव गर्ने शिक्षा प्रणाली आवश्यक रहेको बताए। राष्ट्रलाई आवश्यक पर्दा संघर्ष गर्ने जनशक्ति उत्पादन गर्नुपर्ने उल्लेख गर्दै वर्तमान शिक्षाप्रणालीले युवायुवतीलाई अन्तर्राष्ट्रिय श्रमबजारमा बेचिरहेको आरोप लगाए।शिक्षालाई समयानुकूल खोज र अनुसन्धानमा लगाउनुपर्ने र आत्मनिर्भर राष्ट्र बनाउन युवाहरू सहभागी हुनुपर्ने उनको धारणा थियो। 

कैलाली बहुमुखी क्याम्पसका प्रमुख तोयराज भट्टले युवा विद्यार्थीहरू परिवर्तनका संवाहक भएको बताउँदै जुझारू टिम निर्माणसहित सम्मेलन सफलताको शुभकामना व्यक्त गरे। स्ववियु सभापति यमराज जोशीले अखिल क्रान्तिकारीसंग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता सहित सम्मेलन सफलताको शुभकामना दिए। 

अखिल क्रन्तिकारीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज महेश सीले सम्मेलनबाट जुझारू टिम निर्माण हुने विश्वास व्यक्त गर्दै उक्त समितिले कैलाली क्याम्पस र विद्यार्थीको सर्वाङ्गीण विकासका आफु समेत लागिपर्ने प्रतिवद्धता व्यक्त गरे। 

निर्वाचित समितिलाई बधाई दिदै आफुहरूले विद्यार्थीहरूको अभिभावकत्व ग्रहण गर्ने प्रतिवद्धता व्यक्त गरे। सम्मेलनले योगेश मडै अध्यक्ष, रूपा सिंह उपाध्यक्ष, सिर्जना बोहरा सचिव, जनक सार्की सह-सचिव ,पवित्रा राना कोषाध्यक्ष, ऐश्वर्य भुल, प्रतिभा शाही, विनोदा धामी, मनिषा खडायत, रिङ्की पार्की लगायत ४१ सदस्यिय इकाई समिति चयन गरेको छ।