सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखबाट मातहत प्रहरी कार्यालय प्रमुखहरुलाई निर्देशन

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखबाट मातहत प्रहरी कार्यालय प्रमुखहरुलाई निर्देशन

 सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कैलालीमा सोमवार एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.ले प्रदेश अन्तर्गत तराई जिल्लामा रहेका प्रहरी कार्यालयका कार्यालय प्रमुखहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । उहाँले बर्तमान शान्ति सुरक्षाको अवस्थाको बारेमा जानकारी लिदै, आगामी दिनमा आईपर्न सक्नेसुरक्षा चुनौती एवं समाधानका विषयहरुमा आवश्यक निर्देशन दिनु भयो । उक्त अवसरमा उहाँले शान्ति सुरक्षा तथा अपराध अनुसन्धानलाई थप सुदृढ एवम् प्रभावकारी बनाउनको लागि सम्पूर्ण प्रहरी कर्मचारीहरुले निःस्वार्थ सेवा प्रवाह, निष्ठावान, ईमानदार एवम् सिर्जनशील भई अबैध क्रियाकलाप रोकथाम, तस्करी नियन्त्रण, यात्रुमैत्री व्यवहार, Smart Policing, आर्थिक अनियमिततामा शून्य सहनशीलतालाई आत्मसाथ गरी सिमान्तकृत एवम् पीडित वर्गहरूको सारथी भई उहाहरूको समस्या एवम् गुनासोलाई प्रभावकारी रुपमा सम्बोधन गर्नुका साथै नागरिकलाई सुरक्षाको प्रत्याभूति हुने गरी सेवा प्रदान गर्न समेत निर्देशन दिनुभयो । 
 उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी,नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया कैलाली, नेपाल प्रहरी बिशेष सुरक्षा गण महेन्द्रनगर, सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली, कञ्चनपुर, सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल धनगढी, विपद व्यवस्थापन गुल्म महेन्द्रनगर र सुदूरपश्चिम प्रदेश प्रहरी विद्यालय धनगढीमा कार्यरत सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरु समेतको उपस्थिती रहेको थियो ।