धनगढी बिसालनगर नेतुवाताल क्षेत्रमा मनोमानी ग्राभेलिङ्ग

धनगढी बिसालनगर नेतुवाताल क्षेत्रमा मनोमानी ग्राभेलिङ्ग

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ विशालनगरस्थित नेतुवा तालमा हाल्न भनिएको ग्राभेलिङ्ग व्यक्तिगत ढङ्गले मनोमानी गरेर हालेपछि स्थानीयहरु आक्रोसित बनेका छन् ।

उनीहरुले गलत गर्ने व्यक्तिलाई कारबाही गर्न माग गरेका हुन् । वडा सदस्यले स्थानीयलाई धम्काउदै व्यक्तिगत रुपमा ग्राभेलिंग गरेको कैलालीको धनगढी उपमहानरपालिका वडा नम्बर ३ विशालनगर नेतुवा ताल क्षेत्रका स्थानीयले बताए । 

नेतुवा ताल क्षेत्रले विगत ८ वर्षदेखि धनगढीकै सबैभन्दा बढी डुबानको समस्या झेल्दै आइ रहेको छ । ‘सो डुबानको समस्या समाधान गर्नु त कता हो हामीहरुलाई धम्की दिदै व्यक्तिगत रुपमा वडा सदस्यले ग्राभेलिंग गर्न लगाउनु भयो,’ एक जना स्थानीयले भने । ग्राभेलिङ्गका लागि भनि पठाइएको टिप्परले व्यक्तिको घर जाने बाटो बनाउनमा प्रयोग भएको स्थानीयले बताएका छन् । ‘हामीहरुको समस्या समाधान गरीदिनुस भनेर वडा अध्यक्ष र नगरप्रमुखलाई भन्यौँ तर अवलोकन गर्न आउछु आउछु भनेर उहाहरुले आश्वासन मात्रै दिनु भयो’ नेतुवा ताल क्षेत्रकै अर्का एक जना स्थानीयले दुखेसो व्यक्त गरे ।

जनप्रतिनिधीहरु आफुहरुको समस्या सुन्न नै तयार नरहेको भन्दै स्थानीयहरुले स्थानीय सरकार भएको आफुहरुले अनुभव नै गर्न नपाएको बताएका छन् । साथै उनीहरुले आफुहरुको मतको सम्मान गरीदिन भएपनि ग्राभेलिंग न्यायोचित रुपमा गर्न र गलत गर्नेलाई कार्बाही गर्न माग गरेका छन् । स्थानीय समस्या समाधान गर्नु जनप्रतिनिधीहरुको कर्तव्य भएकाले पहिलो नम्बरमा ग्राभेलिंग न्योयोचित रुपमा गरीदिनु पर्ने र दोस्रो नम्बरमा डुबानको समस्याको स्थायी समाधान खोज्नु पर्नेमा स्थानीयहरुले जोड दिएका छन् ।