कुखुराको फर्ममा आगलागी हुदा ७ सय कुखुराका चल्ला मरे

कुखुराको फर्ममा आगलागी हुदा ७ सय कुखुराका चल्ला मरे

कञ्चनपुरमा एक कुखुराको फर्ममा आगलागी भएको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर १५ गोबरीया स्थित करन कार्कीले संचालन गरेको कुखुरा फर्ममा एक्कासी बिजुलीको तार सर्ट हुन गई शुक्रबार बिहान आगलागी हुँदा उक्त फर्म भित्र रहेका ७०० वटा कुखुराका चल्लाहरू जलि अन्दाजी रु.६०,०००।– बराबरको धनमाल जलेर नष्ट भएको हो प्रहरीले जनाएको छ ।

 उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ