दुई फरार प्रतिवादी पक्राउ

दुई फरार प्रतिवादी पक्राउ

फरार प्रतिवादी २ जनालाई प्रहरीले पक्राउ गरेको छ । फैसला कार्यान्वयनको सिलसिलामा कृते सहकारी छाप दस्तखत मुद्दामा जिल्ला अदालत कञ्चनपुरको मिति २०८०।०३।१७ गतेको फैसलाले ६ महिना कैद सजाय र  रु.११,०००।– जरिवाना तोकिई फरार रहेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले  पक्राउ गरेको हो ।

  बझाङको छब्बिसपाथिभेरा गाउपालिका वडा नम्बर ६ बस्ने बर्ष २२ का बिकास चलाउने र सोही ठाउ बस्ने बर्ष २३ का सुन्दर चलाउने दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले धनगढी स्थित चौराहबाट पक्राउ गरेको सुुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले जनाएको छ ।