कैलाली र कञ्चनपुरमा भन्सार छलीका सामानहरु बरामद

कैलाली र कञ्चनपुरमा भन्सार छलीका सामानहरु बरामद

कैलाली र कञ्चनपुरबाट १ लाख रुपैया भन्दा बढिको भन्सार छली गरी ल्याइएका सामानहरु प्रहरीले नियन्त्रणमा लिएको छ । कैलालीबाट ६६ हजार ६ सय १० रुपैया मुल्य बराबरका र कञ्चनपुरबाट ४८ हजार रुपैया मुल्य बराबरका भन्सार छलीका सामानहरु प्रहरीले नियन्त्रणमा लिएको हो ।

 कैलालीको धनगढी उ.म.न.पा.२ चौराह नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५९,६१०।–बराबरको प्याज,चिनी,साडी,कट्टु,नरिवल,पास्ता,कालो नुन लगायतका सामानहरु र जोशीपुर गाउपालिका वडा नम्बर ३ मनिकापुरबाट अन्दाजी मूल्य रु.७,०००।–बराबरको बिडी,सुर्ती लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु. ६६,६१०।– बराबरको सामानहरु प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 
 यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ६ “ङ” गाउँबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएको अन्दाजी मूल्य रु.४८,०००।–बराबरको ६ क्विन्टल तोरी शनिबार बिहान प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।