कैलालीमा लागु औषध सहित तीन जना पक्राउ

कैलालीमा लागु औषध सहित तीन जना पक्राउ

कैलालीमा पछिल्लो समय लागु औषधको कारोबारमा संलग्नहरु तथा कारोबारमा संलग्न हुनेहरु पक्राउ पर्नेक्रम बढेको छ । यस्तै कैलालीमा लागु औषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

 कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १ त्रिवेणी चोकबाट १ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ र ४ ग्राम ४०० मिलिग्राम लागू औषध चरेस जस्तो देखिने कालो पदार्थ सहित सोही ठाँउ बस्ने बर्ष २८ को दिनेश बि.क., बर्ष १९ को निखिल जोशी र जिल्ला रुपन्देही, बुटवल न.पा. १ घर भई हाल धनगढी उ.म.न.पा.१ एल एन चोक बस्ने बर्ष २१ को समिर सुनारलाई शुक्रबार राती प्रहरीले पक्राउ गरेको हो ।

 वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित तीनै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

 लागु पदार्थको कारोबारमा संलग्न हुने तथा दुव्र्यसन गर्नेहरुलाई हतोत्साहित गर्दै लागु पदार्थको कारोबार र दुव्र्यसन नियन्त्रणका लागि प्रहरीले प्रयास गरी रहेको बताए पनि त्यो पर्याप्त नरहेको बुद्धिजीवीहरुले बताएका छन् । प्रहरीले आफुले प्रयास गरी रहेको बताएको छ भने सरोकारवालाहरुले पनि यसमा साथ दिन आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले प्रहरीको प्रयासमा स्थानीय अनि अन्य सबै सरोकारवालाहरुको साथ हुन आवश्यक रहेको बताउनु भयो ।