घरको छतमा हेलिकप्टर दुर्घटना भएपछि...

घरको छतमा हेलिकप्टर दुर्घटना भएपछि...

उडान गरेको ११ मिनेटपछि ल्याण्ड गर्ने क्रममा एक हेलिकप्टरले घरको छतमा क्र्याश ल्याडिङ गर्दै दुर्घटनामा परेको छ ।

सोमबार अमेरिकाको न्यूयोर्क शहरमा रहेको मिडटाउन म्यानहेटन बिल्डीङको छतमा ल्याण्ड गर्दा दुर्घटना भए आगो लागेको बताइएको छ । घटनामा उक्त हेलिकप्टरका पाइलटको मृत्यु भएको छ ।

घटनाको अनुसन्धान गरिरहेका अधिकृतहरुले ति पाइलटको नाम टिम म्याककर्माक रहेको बताएका छन् । घटना भइरख्दा पानी परेकोले पनि पाइलटलाई ल्याण्ड गर्न समस्या रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

घरको छतमा हेलिकप्टर दुर्घटनामा पर्दै आगो लागेपछि सुरुमा यसलाई आतंकवादी हमला हो कि भनेर अनुसन्धान गरेपनि अन्ततः यो दुर्घटना भएको थाहा भएको छ । अमेरिकामा पछिल्लो एक महिनामा हेलिकप्टर दुर्घटनामा परेको यो दोश्रो पटक रहेको बताइन्छ ।