बेहडाबाबा मन्दिरमा पुष्प वर्षा तथा सवा दुई कराेड दिप प्रज्वलन गरिने

बेहडाबाबा मन्दिरमा पुष्प वर्षा तथा सवा दुई कराेड दिप प्रज्वलन गरिने

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १६ मा रहेकाे बेहडाबाबा मन्दिरमा पुष्प वर्षा तथा सवा दुई कराेड दिप प्रज्वलन गरिने भएकाे छ । मन्दिर व्यवस्थापन समिति र पुष्प वर्षा कार्यशाला उपसमितिकाे आयाेजनामा महाशिवरात्रीकाे अवसरमा पुष्प वर्षा र दिप प्रज्वलन पहिलाे पटक गरिन लागेकाे हाे ।

 अध्यक्ष जाेशीका अनुसार मन्दिरमा फागुन २५ गते तीन क्विन्टल पुष्प वर्षा गरिने जनाइएकाे छ । नरेन्द्र शाहले पुष्प वर्षा र दिप प्रज्वलनमा झण्डै १३ लाख लागत हुने भएकाले सहयाेग रकम संकलन शुरू गरिएकाे बताए । उनका अनुसार हेलिकाेप्टरमा मात्र नाै लाख खर्च हुने छ । उनले ईच्छुक धनगढीबासी तथा हिन्दु धर्मावलम्बीले चाहे अनुसार रकम सहयाेग गर्न अनुराेध गरे ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बुद्धि खडकाले संस्कृति संरक्षणमा नगरकाे सहयाेग रहने बताए । उनले पुष्प वर्षा र दिप प्रज्वलनका लागि उपमहानगरले सक्दाे रकम सहयाेग गर्ने बताए ।