चैतन्य स्ट्रिम वर्कसप आज सम्पन्न

चैतन्य स्ट्रिम वर्कसप आज सम्पन्न

कैलालीको धनगढीमा रहेको चैतन्य पाठशालामा सञ्चालन भैरहेको चैतन्य स्ट्रिम वर्कसप सोमवार सम्पन्न भएको छ । माघ १६गते देखी २२ गते सम्म सञ्चालन भएको चैतन्य स्ट्रिम वर्कसप सोमवार सम्पन्न भएको हो । माघ १६ गते उद्दघाटन भएको स्टिम वर्कशप २०८० मा सबै विद्यार्थीहरूमा ओरिन्टेसन र विभिन्न क्याम्पहरु निर्माण गरी उड्डयनमा विमान बनाउने देखि उडाउने परिक्षण गरिएको हो ।

 यस्तै विभिन्न प्रोग्रामिङका कक्षाहरू सञ्चालन गरिएका थिए । चैतन्य पाठशाला साइन्स र रोवोटिस विभागका विद्यार्थीहरुको आयोजनामा माघ १६ गते देखी २२ गतेसम्म स्ट्रिम वर्कसप सञ्चालन भएको थियो । स्ट्रिम वर्कसप कार्यक्रममा विभिन्न १२ ओटा विद्यालयका बिद्यार्थीहरु एक हप्तासम्म वर्कसपमा कक्षा चलाउने र महत्वपूर्ण आकर्षणको रूपमा रिमोट कन्ट्रोलबाट बिद्यार्थीहरुबाट प्लेन पनि उडाएका थिए । सहभागि भएका १२ ओटा बिद्यालयका बिद्यार्थीहरुलाई ओरिन्टेसन गरेको प्रमाण पत्र समेत पाठशालाले दिएको थियो ।

 यस्तै कार्यक्रमका आकर्षणका रूपमा कृत्रिम बुद्धिमत्ता शिविर, रकेट विज्ञान शिविर, खगोल विज्ञान शिविर रहको थिए । यस्तै रोबोटिक्स शिविर, उड्डयन शिविर, उपग्रह शिविर, ड्रोन प्रदर्शन, भौतिक विज्ञानको जादु, रोमाञ्चक पुरस्कार सँग खेल सिकाई, वैज्ञानिक हार्डवेयर प्रदर्शनी टेलिस्कोप, थ्रिडी प्रिन्टर, रकेटरहेको थियो । चैतन्य पाठशालाका प्रधानाध्यापक कटक बहादुर सिहँले बिद्यार्थीलाई शिक्षासँगै कला र संस्कृतिको मूल्य मान्यता बिद्यार्थीहरुमा जागृति गराउने र दक्ष, क्षमता वान, अब्बल विद्यार्थी उत्पादन गर्ने यो अरिन्टेटन ७ दिनको मात्र नभएर अब निरन्तर चलिरहने प्रधानाध्यापक कढक बहादुर सिहँले बताउनु भयो । पाठशालाले भबिश्यको बैज्ञानिकको रुपमा राष्ट्रिय रुपमा बैज्ञानिक उत्पादन गरिने उदेश्यले चैतन्य पाठशालामा चैतन्य स्टीम वर्कसप आयोजना गरेको हो ।

 बिद्यार्थीको बिकास गर्ने स्टीम कार्यक्रम बाल्य अवस्था देखी सुरु गरिएकोमा भविश्यमा सहयोग पुग्ने अपेक्षा रहेको कार्यक्रमका प्रमुख अथिति पूर्व रजिष्टार सु.प विश्वबिद्यालयका प्रमुख सल्लाकार प्रा.डा. हेमराज पन्तले बताउनु भयो । कार्यक्रम चैतन्य पाठशालाका सिइओ गणेण प्रसाद जोसीको अध्यक्षतामा सम्पन्न भएको हो ।

साथै समापन कार्यक्रममा शिक्षक, विद्यार्थीहरु, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।