कैलालीमा फरार प्रतिवादी दुई जना पक्राउ

कैलालीमा फरार प्रतिवादी दुई जना पक्राउ

कैलालीमा फरार प्रतिवादी दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 फैसला कार्यान्वयनको सिलसिलामा चोरी मुद्दामा जिल्ला अदालत कैलालीको मिति २०७९।०५।२८ गतेको फैसलाले ५ महिना ४ दिन कैद सजाय र रु. ५,०००।– जरीवाना तोकीई फरार रहेको धनगढी उप–महानगरपालिका ७ बस्ने बर्ष २० को बिक्की भन्ने बलराम राना र जिल्ला अदालत कैलालीको चोरी मुद्दामा २०७९।०५।२८ गतेको फैसलाले ५ महिना १३ दिन कैद सजाय र रु. ५,०००।–जरीवाना तोकिई फरार रहेको जिल्ला कैलाली धनगढी उप–महानगरपालिका ७ बस्ने बर्ष २१ को नरेश रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो ।

निज दुवै जनालाई प्रहरीले अदालत समक्ष उपस्थित गराएको समेत जनाएको छ ।