कैलालीमा भन्सार छलीका सामानहरु प्रहरीको नियन्त्रणमा

कैलालीमा भन्सार छलीका सामानहरु प्रहरीको नियन्त्रणमा

कैलालीमा प्रहरीले भन्सार छलीका सामानहरु नियन्त्रणमा लिएको छ । कैलालीको धनगढी उपमहानरपालिका वडा नम्बर ३ बडराबाट र भजनी नगरपालिका वडा नम्बर ५ बाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याइएका सामानहरु प्रहरीले नियन्त्रणमा लिएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

 धनगढी उपमहानरपालिका वडा नम्बर ३ बडराबाट जेन्स कुर्ती, लेडिज सुट, प्लाजु लगायतका सामानहरु र भजनी नगरपालिका वडा नम्बर ५ कव्वाखेडा घाटबाट अन्दाजी ९१ हजार १ सय ९० रुपैया बराबरको कुर्ती सुरवाल, गन्जी,म्व् साउण्ड माईक, भाडा बर्तन, चक्लेट लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु. १,४१,१९०।– बराबरको सामानहरु सोमबारप्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।