डेढ लाख रुपैया भन्दा बढिका भन्सार छलीका सामानहरु बरामद

डेढ लाख रुपैया भन्दा बढिका भन्सार छलीका सामानहरु बरामद

कञ्चनपुरमा प्रहरी डेढ लाख रुपैया भन्दा बढिका भन्सार छलीका सामानहरु बरामद गरेको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर ११ चौकीसत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य १ लाख ५३ हजार ९ सय २२ रुपैया बराबरका चिनी, मिश्री, मटर, नरिवल, नमकिन, बच्चाको सुट, लेहङ्गा, चप्पल, स्याम्पु, गुड लगायतका सामानहरु प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि प्रहरीले नियन्त्रणमा लिएको हो ।

उल्लेखित सामानहरु आवश्यक कारवाहीको लागि प्रहरीले भन्सार कार्यालय गडडाचौकीमा बुझाएको प्रहरीले जनाएको हो ।