एक दिने निशूल्क जापानीज भाषा परामर्श सम्मेलन गर्दै विरकौसल्या कन्सल्टेन्सी

एक दिने निशूल्क जापानीज भाषा परामर्श सम्मेलन गर्दै विरकौसल्या कन्सल्टेन्सी

धनगढी । जापान जाने विद्यार्थीहरुका लागि भाषा महत्वपूर्ण हो । अध्ययनका लागि जापान जाने विद्यार्थी बढेसँगै उनीहरुलाई गुणस्तरीय शिक्षासँगै जापानको सांस्कृतिक, कानुनी विषयमा व्यवहारिक ज्ञान दिँदै गुणस्तरीय जापानिज भाषा अध्यापन गराउन बान्जाई सञ्चालनमा आएको छ धनगढी उपमहानगरपालिका वडा नम्बर चटकपुरस्थित बिर कौसल्या कन्सल्टेन्सी ।

लामो समयदेखि जापानीज भाषा अध्यापन गराउँदै आएको सो कन्सल्टेन्सीले यहि माघ २८ गते अर्थात शनिबार निशूल्क जापानीज परामर्श सम्मेलन गर्ने भएको छ । पढ्न जाने व्यक्ति राम्रोसँग भाषा अध्ययन गरेर जानुपर्छ भन्ने जानकारी दिन सो सम्मेलन आयोजना गरिन लागेको सञ्चालनक विज्ञान सिंहले जानकारी दिए ।

सीप र भाषा दुवै जानेर वैदेशिक अध्ययन तथा रोजगारमा जाँदा काम गर्न सहज हुनुका साथै राम्रो आम्दानी भन्ने सम्मेलनमार्फत उनीहरुलाई जानकारी दिइने छ ।

‘विद्यार्थीहरुको महत्वपूर्ण गन्तव्य जापान बनेको छ’ उनले भने, ‘हामीले जापानीज भाषा पढाउनुका साथै जापान जाँदा र गएपछि त्यहाँ गर्नुपर्ने र गर्न नहुने कामका बारेमा विद्यार्थीलाई राम्रोसँग सिकाउने छौं ।’

दिउँसो २ बजेदेखि शुरु हुने सम्मेलन साँझ ६ बजेसम्म सञ्चालन हुने उनको भनाई छ । सम्मेलनमा जापान जाने प्रक्रिया, भाषाको महत्व, भर्ना प्रक्रिया, विभिन्न कन्सल्टेन्सीबारे जानकारी, जापान गएपछि भाषा नबुझेकाले भोग्नुपर्ने समस्या, चुनौति लगायतका बारेमा सम्मेलनमा जानकारी दिइने छ ।

आफनै कार्यालयमा हुने सम्मेलनमा सञ्चालन सिंहले प्रशिक्षण गर्ने छन् । उनले इच्छुक व्यक्तिहरुलाई सो दिन निशूल्क परामर्शका लागि सहभागिताका लागि पनि अनुरोध गरे ।