मधुमेहका बिरामीले कस्तो फल नखाने !

मधुमेहका बिरामीले कस्तो फल नखाने !

एजेन्सी । फलफूल स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छन् । फलको सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ ।

तर, केही फल त्यस्ता छन् जसमा प्राकृतिक रुपमै धेरै गुलियो हुन्छन् । यस्ता फल मधुमेहका बिरामीका लागि धेरै खानु उचित हुँदैन ।

आज त्यस्तै केही फल बारे जानौं जसमा प्राकृतिक रुपमै धेरै सुगर हुने गर्छ ।

अंगुर

अंगुर काला, राता तथा हरियो सबै एकदमै गुलियो हुन्छन् । यसमा राम्रो मात्रामा सुगर हुन्छ ।

यसबाहेक यसमा भरपूर मात्रामा फाइबर, भिटामिन सी र पोटाशियम पनि पाइन्छ । जसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

तर, मधुमेहका बिरामीले भने यो सीमित मात्रामा खानुपर्ने हुन्छ ।

केरा

केरामा पनि भरपूर मात्रामा प्राकृतिक चिनी पाइने गर्छ । यो सबैको मनपर्ने फलमा पनि पर्दछ । यो सबै उमेर समूहका व्यक्तिले खान पनि मिल्छ ।

तर, सुगरका बिरामीले भने सीमित मात्रामा खानुपर्दछ ।

तरभुजा

तरभुजामा प्रसस्त मात्रामा पानी हुन्छ, साथमा यसमा प्राकृतिक चिनीको मात्रा पनि धेरै नै हुन्छ । यसले शरीरलाई हाइड्रेट राख्न सहयोग गर्छ ।

तर, मधुमेहका बिरामीले यसको सेवन गर्नबाट बच्नुपर्छ ।

आँप

फलको राजा मानिने आँपमा पनि प्राकृतिक रुपमा सुगरको मात्रा धेरै नै हुन्छ । विशेषगरी पाकेको आँप एकदमै गुलियो हुन्छ । यसको अत्यधिक सेवनले शरीरमा सुगरको मात्रा बढ्न सक्छ ।

नासपती

नासपतीमा पनि प्राकृतिक रुपमा राम्रो मात्रामा सुगर पाइन्छ । यसको अत्यधिक सेवनले रगतमा सुगरको मात्रा बढ्न सक्छ । त्यसैले सीमित मात्रामा मात्र खानु पर्दछ ।