बहु विवाह मुद्धाका फरार प्रतिवादी पक्राउ

बहु विवाह मुद्धाका फरार प्रतिवादी पक्राउ

कञ्चनपुरमा बहु विवाह मुद्धाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

 फैसला कार्यान्वयनको सिलसिलामा बहु विवाह मुद्दामा जिल्ला अदालत कञ्चनपुरको मिति २०७९।०६।२६ गतेको फैसलाले ११ महिना ११ दिन कैद सजाय र रु.२०,०००।– जरिवाना ठहर भई फरार रहेकी कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर १०बस्ने वर्ष ३२ की देवकी टमटालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले महेन्द्रनगर बजारबाट पक्राउ गरि अदालत समक्ष उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।