कैलालीमा लागु पदार्थ सहित २ जना पक्राउ

कैलालीमा लागु पदार्थ सहित २ जना पक्राउ

कैलालीमा लागु पदार्थ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ जोखरतालबाट ७५० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाँउ बस्ने बर्ष २९ को रामकृष्ण चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

 जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले जानकारी दिएको छ । 
  यस्तै कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ८ बाट ६५० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाँउ बस्ने बर्ष १९ का आदित चौधरीलाई बुधबार राती प्रहरीले पक्राउ गरेको हो ।

 जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।