डेढ लाख रुपैया भन्दा बढि मुल्य बराबरका सामान र मोटरसाइकल बरामद

डेढ लाख रुपैया भन्दा बढि मुल्य बराबरका सामान र मोटरसाइकल बरामद

 कैलालीमा डेढ लाख रुपैया भन्दा बढि मुल्य बराबरका भन्सार छली गरि ल्याइएका सामानहरु बरामद गरिएको छ ।

 कैलालीको धनगढी उप–महानगरपालिका १७ पथरीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याइएका अन्दाजी १ लाख ५३ हजार रुपैया बराबरका चिनी, गुट्खा, मसला, कोक, मोटरसाईकल थान–१ लगायतका सामानहरु बिहीबार बिहान प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

  उल्लेखित सामान र मोटरसाईकल आवश्यक कारबाहीको लागि प्रहरीले कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको प्रहरीले जनाएको छ ।