एक जना पुरुष मृत फेला

एक जना पुरुष मृत फेला

कैलालीमा एक जना पुरुष मृत फेला परेका छन् । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ फुलबस्ती बस्ने बर्ष ४२ को गणेश बुढाथोकी  शुक्रवार भट्टीखेडा भन्ने स्थानमा मृत अवस्थामा फेला परेका हुन् । उहा गत बिहीबार देखि हराई बेपत्ता भएकोमा खोजतलास गर्ने क्रममा निजलाई उक्त स्थानमा शुक्रवार बिहान मृत अवस्थामा फेला पारिएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट आवश्यक अनुसन्धान भईरहेको छ ।