सूचनाको हकको लागि राष्ट्रिय महासंघ सुदुर पश्चिम् प्रदेश समितिको प्रथम महाधिवेशन मुख्यमन्त्री शाहद्धारा उद्घाटन

सूचनाको हकको लागि राष्ट्रिय महासंघ सुदुर पश्चिम् प्रदेश समितिको प्रथम महाधिवेशन मुख्यमन्त्री शाहद्धारा उद्घाटन

 सूचनाको हकको लागि राष्ट्रिय महासंघ सुदुर पश्चिम् प्रदेश समितिको प्रथम महाधिवेशन कार्यक्रमको उद्घाटन गरिएको छ ।  धनगढी उप महानगरपालिका १६ मा रहेको भादा होमस्टेको सभाहलमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले महाधिवेशनको उदघाटन गर्नुभएको हो ।

कार्यक्रमका सभापति सूचनाको हकको लागि राष्ट्रिय महासंघका केन्द्रिय अध्यक्ष उमिद बागचन, प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह, विशिस्ट अतिथि सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट, राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङ, सूचनाको हकको लागि राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष तारा बहादुर भण्डारी, सुदुरपश्चिम् प्रदेशका विभिन्न मन्त्रालयका सचीव, सूचना अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

 उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशलाई सूचनाको हकमैत्री प्रदेश बनाउने बताउदै कैलालीको भादामा आयोजित सूचनाको हकका लागि प्रदेश महासङ्घको अधिवेशनलाई सम्बोधन गरेका थिए।  “सूचनाको हकको कार्यान्वयन गर्ने गर्दै देश भरिमा सुदूरपश्चिमलाई सूचनाको हकमा पहिलो र हकमैत्री प्रदेश बनाउने चाहाना छ । त्यसका लागि सूचनाको हकको लागि राष्ट्रिय महासंघसंग सहकार्य गर्न तयार छ । ” मुख्यमन्त्री शाहले भने । अधिवेशनमा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हकको वर्तमान अवस्था, समस्या र चुनौतीका विषयमा प्रशिक्षण गर्नुभएको थियो ।  सहभागीहरूले सूचनाको हकको प्रयोगमा भोग्नु परेका समस्या र चुनौतीका आफ्ना अनुभवहरू राखेका थिए ।
   अधिवेशनले शुक्रवार नै प्रदेशको नयाँ कार्य समिति चयन गर्ने कार्य तालिका रहेको छ ।