अवैध लागू औषध सहित तीन जना पक्राउ

अवैध लागू औषध सहित तीन जना पक्राउ

कैलालीमा अवैध लागू औषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ९ धनगढी गाउँ नजिकबाट १ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाँउ बस्ने वर्ष २४ का राज चौधरी, वर्ष ३० का संजय यादब र वर्ष २९ को सुरेन्द्र श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त पदार्थ सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।