लगातार शरीर दुखिरहनुको पछाडि के हुन सक्छ कारण ?

लगातार शरीर दुखिरहनुको पछाडि के हुन सक्छ कारण ?

एजेन्सी । शरीरमा दुखाई हुनु स्वास्थ्यसँग जोडिएका समस्या मध्ये एउटा आम समस्या हो । तर, शरीर दुखाई लगातार भइरहेको छ भने यसको पछाडि गम्भीर कारण पनि हुन सक्छ ।

आइरनको कमी

शरीरमा हुने आइरनको कमीले पनि कहिलेकाँही शरीर दुखाईको कारण बन्छ । यसले शरीरमा अक्सीजनको प्रवाहमा बाधा पुर्‍याउँछ । यसबाहेक शरीरमा पोषणको कमी हुन थाल्छ ।

भिटामिन डीको कमी

लगातार शरीरमा दुखाई हुनुको अर्को प्रमुख कारण हो भिटामिन डीको कमी हुनु । यसले हड्डीको निर्माणमा र यसलाई बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

डिहाइड्रेशन

लगातार शरीरमा हुने दुखाईको पछाडि डिहाइड्रेशन पनि एउटा ठूलो कारण हो । यसले तपाईंलाई दिनभर थकान तथा आलस्यको महसुस हुन्छ । त्यसैले भरपूर मात्रामा पानी पिउनुहोस् ।

तनाव

यदि तपाईंको पनि बिना कारण तनाव लिने बानी छ भने आजै छोड्नुहोस् । किनकी तनाव लिनाले पनि कयौंपटक शरीर दुखेको अनुभव हुन्छ ।

मधुमेह

मधुमेहले पनि शरीरमा दुखाईको समस्या हुन सक्छ । यसले हातखुट्टा तथा काँधलाई धेरै प्रभाव पार्ने गर्छ ।