डडेल्धुरामा गहुँ उत्पादनमा १५ प्रतिशतले बृद्धि

डडेल्धुरामा गहुँ उत्पादनमा १५ प्रतिशतले बृद्धि

डडेल्धुरा : डडेल्धुरामा यो वर्ष गहुँ उत्पादनमा १५ प्रतिशतले बृद्धि भएको छ ।

समयमै वर्षा र पटक पटक हिमपात भएका कारण डडेल्धुरामा यो वर्ष गहँु उत्पादनमा १५ प्रतिशतले वृद्धि भएको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ ।

खाद्यान्नको प्रमुख दोस्रो बालीका रुपमा रहेको गहुँको उत्पादनमा बृद्धि भएपछि डडेल्धुराका किसान खुशी भएका छन् ।

गत वर्षको तुलनामा हिउँदे वर्षा र हिमपात हुनुका साथै गहुँवालीको क्षेत्रफल बृद्धि भएका कारण यो बर्ष डडेल्धुरामा प्रतिहेक्टर ०. ६ प्रतिशत अर्थात् एक हजार मेट्रिक टनले बढी गहुँ उत्पादन भएको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख दिलबहादुर विष्टले बताए ।

डडेल्धुरामा ८ हजार ७ सय ४० हेक्टर क्षेत्रफलमा गरिने गहुँ खेतीबाट १८ हजार ८ सय ५५ मेट्रिक टन उत्पादन हुन्छ र वार्षिक १ लाख १० हजारभन्दा बढी क्विन्टल गहुँ आयात गरिन्छ ।