एक जना फरार प्रतिवादी पक्राउ

एक जना फरार प्रतिवादी पक्राउ

कैलालीमा एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

फैसला कार्यान्वयनको सिलसिलामा चोरी मुद्दामा जिल्ला अदालत कैलालीको फैसलाले १५ दिन कैद सजाय ठहर भई फरार रहेका कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर १५ उर्मा बस्ने वर्ष २६ का राम सेवक रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आईतबार बिहान सोही स्थानबाट पक्राउ गरेको हो ।

निजलाई प्रहरीले अदालत समक्ष पेश समेत गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।