एक जनाको करेन्ट लागेर मृत्यु

एक जनाको करेन्ट लागेर मृत्यु

कञ्चनपुरमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ ।  

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ बाणी शिविर नजिक रामचन्द्र भट्टको घर निर्माण गर्ने क्रममा अचानक बिजुलीको तारबाट करेन्ट लागेर जिल्ला बैतडी, डिलासैनी गाउँपालिका २ घर भई हाल जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.२ बाणी शिविर स्थित आफ्नो मामाको घरमा वस्दै आएका वर्ष २८ को भरत बिष्टको आईतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

करेन्ट लागि गम्भिर घाईते भएका उहाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।