घट्यो सुनको मूल्य, तोलाको कति ?

घट्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज घटेको रहेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएकोमा आज तीन सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १७ हजार ७ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार १५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको महासंघले जनाएको छ ।