संस्कारसहितको शिक्षा बालबालिकालाई दिइरहेको चैतन्य पाठशाला

संस्कारसहितको शिक्षा बालबालिकालाई दिइरहेको चैतन्य पाठशाला

धनगढी । शिक्षा र संस्कारका संगमको थलोका रुपमा धनगढी उपमहानगरपालिका वडा नम्बर ५ स्थित शिवनगरमा सञ्चालनमा रहेको छ– चैतन्य  पाठशाला । पाठशालाको प्रि–स्कुलले बालबालिकालाई रुची अनुसारको सिँकाई गराउदै आएको छ । 
बालबालिकालाई केबल विषयवस्तुतिर मात्रै नभई बालबालिकाको सिकाईलाई गुणात्मक बनाउनका लागि बालबालिकाको रुची अनुसार सिकाई क्रियाकलाप अगाडि बढाई रहेको चैतन्य पाठशालाका सह–प्रधानाअध्यापक तथा चैतन्य पाठशाला प्रि स्कुलका ईन्चार्ज सपना सिहंले बताईन् । 
उनले भनिन, ‘हामीले केबल कोर्समा मात्रै केन्द्रित नभएर बालबालिकालाई कसरी उनीहरुको रुची अनुसार सिकाउन सकिन्छ भनेर काम गरी रहेका छौ ।’ शिक्षालाई संस्कारसंग जोडेर अघि बढाउने चैतन्य पाठशालाको उद्देश्य रहेकाले त्यही अनुसार विद्यार्थीलाई जगबाट नै संस्कारयुक्त बनाउने प्रयासमा चैतन्य पाठशाला प्रि स्कुल लागि रहेको उनले बताईन् । 
चैतन्य पाठशाला प्रि स्कुलले कैलालीका गेटा, धनगढी लगायतको क्षेत्रबाट आउने बालबालिकाहरु संस्कार सहितको शिक्षा दिई रहेको बताउँदै चैतन्य पाठशालाका प्रधानाअध्यापक कटक बहादुर सिंहले ‘हामीले विद्यार्थीहरुलाई शिक्षा, संस्कार अनि प्रविधिलाई जोडेर सिकाउने प्रयास गरेका छौ । केबल शिक्षाले मात्रै विद्यार्थीलाई पुग्दैन् त्यसैले संस्कारसहितको शिक्षा दिने प्रयासमा हामी छौ ।’
एक सय ५० जना बालबालिका रहेको चैतन्य पाठशाला प्रि–स्कुलमा ९ जना कर्मचारी कार्यरत रहेका छन् । ‘बालबालिका स्कुलको गेट भित्र पुग्ने बेला देखि नै उसको सिकाईको काम सुरु हुन्छ ।

पहिले उसको व्यवहार सिकाईन्छ, संस्कार सिकाईन्छ, अनि मात्रै विषयवस्तु तिर जान्छौ,’ चैतन्य पाठशालाका सह प्रधानाअध्यापक तथा चैतन्य पाठशाला प्रि स्कुलका ईन्चार्ज सपना सिहंले भनिन् । 
साथै उनले चैतन्य पाठशाला प्रि–स्कुल फरक हुनुका मुख्य कारण नै एउटा बाल रुचि अनुसार सिकाई गर्ने अनि अर्काे अभिभावकहरुसंग निरन्तर अन्र्तक्रियामा बस्ने रहेको बताइन् । 
चैतन्य पाठशालाले प्रि–स्कुलसंगै कक्षा १० सम्म कक्षाहरु सञ्चालन गरी रहेको छ । शिक्षामा संस्कार हुनुपर्छ भन्ने मान्यताका साथ संस्कृत भाषालाई समेत अंगालेर शिक्षा प्रदान गर्ने कार्य गरिरहेको चैतन्य पाठशालाका प्रधानाअध्यापक कटक बहादुर सिंहले बताए ।  ‘अरु भन्दा पृथक अनि शिक्षामा नवीनता ल्याउने हाम्रो ध्येय हो, त्यसैअनुसार सरोकारवालासंग समन्वय गर्दै अघि बढि रहेका छौ,’ उनले भने ‘समाजप्रतिको दायित्व निर्वाह गर्दै असल व्यक्तिको सिर्जनाका लागि काम गरि रहेको चैतन्य पाठशालाले जनाएको छ । चैतन्य पाठशालाका प्रधानाअध्यापक सिंहले, धनगढीमा शिक्षामा केही गर्नुपर्छ भन्ने सोचका साथ नेतृत्व लागि रहेको र सोही अनुसार विद्यार्थीहरुलाई स्मार्ट बोर्डका माध्यमबाट शिक्षा प्रदान गर्दै आइ रहेका बताए ।