६ लाख रुपैया भन्दा बढि मुल्यका भन्सार छलीका सामानहरु बरामद

६ लाख रुपैया भन्दा बढि मुल्यका भन्सार छलीका सामानहरु बरामद

कञ्चनपुरमा प्रहरीले ६ लाख रुपैया भन्दा बढि मुल्यका भन्सार छलीका सामानहरु बरामद गरेको छ ।

 कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर १७ मझँगाउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ५ हजार रुपैष बराबरको कपाल बाध्ने रबर, लालझाँडी गाउपालिका वडा नम्बर १ डाडा बिछुवाबाट अन्दाजी मूल्य ५ लाख ६७ हजार रुपैया बराबरको प्याज, ३ थान मोटरसाईकल बरामद गरेको छ ।

 यस्तै कञ्चनपुरकै बेलौरी नगरपालिका वडा नम्बर १, २ बैजुडाडा र भैसोरबाट अन्दाजी २९ हजार ५ सय ५ रुपैया बराबरको खाने तेल, अण्डा, बिस्कुट, खेलौना लगायतका सामानहरु गरि जम्मा ६ लनद १ हजार ५ सय ५ रुपैया बराबरको सामानहरु प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले जनाएको छ ।