एक जना फरार प्रतिवादी पक्राउ

एक जना फरार प्रतिवादी पक्राउ

बैतडीमा एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

 फैसला कार्यान्वयनको सिलसिलामा चोरी मुद्दामा जिल्ला अदालत बैतडीको फैसलाले ४ महिना ८ दिन कैदसजाय र रु.१०,०००।– जरिवना ठहरभई फरार रहेकी बैतडीकोे डिलासैनी गाउपालिका वडा नम्बर ५ बस्ने वर्ष २२ की लक्ष्मी नाथ योगीलाई जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।