लागु पदार्थ सहित एक जना पक्राउ

लागु पदार्थ सहित एक जना पक्राउ

कैलालीमा प्रहरीले लागु पदार्थ सहित एक जनालाई पक्राउ गरेको छ ।

 कैलालीको जानकी गाउपालिका वडा नम्बर ५ अमौरा स्थित सडक खण्डबाट ८८० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित लम्की चुहा न.पा.२ कान्छिबजार बस्ने बर्ष २१ को नबिन सिलाललाई प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागिचेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।