बैतडीमा लागु पदार्थ सहित एक जना पक्राउ

बैतडीमा  लागु पदार्थ सहित  एक जना पक्राउ

बैतडीमा लागु पदार्थ सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

 बैतडीको सिगास गाउपालिका वडा नम्बर ९ श्रीभाबर स्थित खोड्पे बझाङ सडक खण्डबाट २ किलो ३९० मिलिग्राम लागू औषध चरेस जस्तो देखिने पदार्थ सहित बझाङ्गको बित्थडचिर गाउपालिका वडा नम्बर ५ बस्ने वर्ष ६४ का धौले महरलाई प्रहरीले पक्राउ गरेको हो ।

 सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्टढोल्यामोड, बैतडीबाट  संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।