विद्युत सर्ट हुदा आगलागी

विद्युत सर्ट हुदा आगलागी

कैलालीको धनगढी उपमहानगरपालिका –३ चटकपुरस्थित एक घरमा आगलागी हुँदा क्षति भएको छ ।

विद्युत सर्ट भएर खेमराज पनेरुको घरमा बुधवार आगलागी भएको हो ।

आगलागीबाट घर भाडामा बस्दैआएकी गोदावरी नगरपालिका –३ की शान्ति रोकायाको फ्रिज, टिभी, दराज, भाँडावर्तन लगायतका सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट चटकपुरबाट प्रहरी सहायक निरीक्षक दिलबहादुर बोगटीको कमाण्डमा खटेको प्रहरी टोली र स्थानीयवासीले मिलेर आगो नियन्त्रणमा लिइएको छ ।