आगलागी हुदा १ लाख रुपैया बराबरको धनमाल जलेर नष्ट

आगलागी हुदा १ लाख रुपैया बराबरको धनमाल जलेर नष्ट

डोटीको पुर्बीचौकी गा.पा.२ कुडासैनमा आगलागी हुदा १ लाख रुपैया बराबरको धनमाल जलेर नष्ट भएको छ ।

डोटीको पुर्बीचौकी गा.पा.२ कुडासैन बस्ने शरु देवी ठकुल्लाको २ तले २ कोठे कच्ची घरमा गोठको भान्सामा बालेको आगोबाट अचानक आगलागी हुंदा गोठमा रहेका ३ वटा गाई र १ वटा बाख्राको जली मृत्यु भएको र गोठमा रहेको पराल, काठ लगायतका सामानहरु गरि अन्दाजी मुल्य रु. १,००,०००।– (एक लाख) बराबरको धनमाल जलेर नष्ट भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।