रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरे

रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरे

आज शुक्रवार कैलालीको धनगढीमा १२ औँ बृहत् रक्तदान महोत्सवको आयोजना गरिएको छ ।

बैतडी समाज कैलालीले आज शुक्रवार धनगढीमा १२ औँ बृहत् रक्तदान महोत्सवको आयोजना गरिएको समाजका रक्तदान कार्यक्रम संयोजक राज बहादुर चन्दले बताए ।

शुक्रवार आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका उनले बताए । 

उक्त १२ औँ बृहत् रक्तदान महोत्सवमा पुर्व प्रधानमन्त्री एवम् वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्द प्रमुख अतिथि रहेका थिए । 

 स्थापना काल देखि बर्सेनि २ पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको समाजले यस अघि ११ पटक रक्तदान कार्यक्रम सम्पन्न गर्दा १०२३ जना स्वंयमसेवी रक्तदाताहरुले रक्तदान गरिसकेको संयोजक चन्दले जानकारी दिए ।

बैतडी समाज कैलालीले “रक्तदान जिवनदान“ भन्ने मुल मर्मलाई लिएर रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ ।