बैतडीमा एक जनाको रुखले च्यापिएर मृत्यु

बैतडीमा एक जनाको रुखले च्यापिएर मृत्यु

बैतडीमा एक जनाको रुखले च्यापिएर मृत्यु भएको छ ।

बैतडीको पाटन न.पा.५ अड्तोला बस्ने बर्ष १९ का प्रकाश पाण्डेको शुक्रबार दिउँसो घर निजकैको जंगलमा सल्लाको रुख काट्ने क्रममा सोही रुख ढली निजको टाउको र शरिरको बिभिन्न भागमा चोट लागि गम्भिर घाईते भई निजको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र पाटन बैतडीमा उपचारको क्रममा मृत्यु भएको हो ।

सो घटनाका सम्बन्धमा ईलाका प्रहरी कार्यालय पाटन बैतडीबाट आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ  ।