भिरबाट लडेर एक जनाको मृत्यु

भिरबाट लडेर एक जनाको मृत्यु

दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

दार्चुलाको मार्मा गा.पा. पारखडा बस्ने बर्ष ३२ का जगत सिंह धामी सोही ठाउँ स्थित रिठाईनीको भिरबाट अन्दाजी ३०० मिटर तल खसेर शनिबार दिउँसो मृत अवस्थामा फेला पर्नु भएको हो ।

निज सुनचन्ना भन्ने ठाउँबाट घर फर्कदै गर्दा उक्त भिरबाट खसेर मृत अवस्थामा रहेको छ भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लटिनाथ दार्चुलाबाट प्रहरी टोली खटिई गई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।