कैलालीका विभिन्न स्थानबाट झण्डै २ लाख मुल्य बराबरका भन्सार छलीका सामान बरामद

कैलालीका विभिन्न स्थानबाट झण्डै २ लाख मुल्य बराबरका भन्सार छलीका सामान बरामद

कैलालीमा प्रहरीले भन्सार छली गरि भारतबाट ल्याइएका सामानहरु बरामद गरेको छ ।

कैलालीकोे भजनि न.पा. ३ जोडी पिपलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ८२,०००।–बराबरको ४२ थान लेडीज सुट र ५० थान धोती बरामद गरिएको हो ।

यस्तै सोही वडाको ढुसीबाट अन्दाजी मूल्य रु.७६,८६५ बराबरको चिनी, मकै, चक्लेट, मिठाई, खुर्सानी, प्लाष्टिक कचौरा, मोबाईल, ग्लास लगायतका सामानहरु बरामद गरिएको छ ।

साथै कैलालीकै जानकी गा.पा. ७ जवलपुर बाट अन्दाजी मूल्य रु. ३४,०००।–बराबरको जेन्स कट्टु ३४० थान गरि जम्मा अन्दाजी मूल्य रु.१,९२,८६५।– बराबरको सामानहरु शनिबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।