कैलालीमा भन्सार छलीका सामानहरु बरामद

कैलालीमा भन्सार छलीका सामानहरु बरामद

कैलालीमा भन्सार छलीका सामानहरु प्रहरीले बरामद गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर २ चौराह नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी २३ हजार ८ सय ७० रुपैया बराबरका चिनी, बिडी, चामल, चकलेट, खुर्सानी, मसाला, अचार लगायतका सामानहरु प्रहरीले बरामद गरेको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

यस्तै कैलालीको कैलारी गाउपालिका वडा नम्बर ४ घुराउ पुलबाट अन्दाजी मूल्य .३७ हजार रुपैया बराबरको चिनी, सुर्ती लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य ६० हजार ८ सय ७० रुपैया बराबरको सामानहरु आईतबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जानकारी दिएको छ ।