एक चिम्टी हिंग खानामा राख्दा हुने फाइदा

एक चिम्टी हिंग खानामा  राख्दा हुने फाइदा

एजेन्सी । कतिपय घरमा तरकारी तथा दालहरुमा हिंगले झान्ने चलन हुन्छ । हिंग फुराउँदा स्वाद त बढाउँछ नै साथमा यसबाट स्वास्थ्यसँग जोडिएका विभिन्न लाभ पनि पाइन्छ ।

पाचन

विशेषगरी पाचनका लागि हिंग एकदमै राम्रो मानिन्छ । खानामा हिंग राखेर खाँदा अपच तथा ग्यासको समस्याबाट राहत पाइन्छ र खाना पचाउन सजिलो हुन्छ ।

टाउको दुखाई

हिंगमा हुने एन्टीइन्फ्लामेटरी गुणले टाउको दुखेको अवस्थामा सहयोग गर्छ । यसलाई खानामा राखेर खाँदा टाउको दुखेको तथा सुन्निएको समस्याबाट राहत पाउन सकिन्छ ।

रक्तचाप

खानामा एक चिम्टी हिंग राखेर खाँदा पनि रक्तचाप नियन्त्रण गर्न सहयोग पुग्छ । दैनिक रुपमा यसको प्रयोगले मुटुको स्वास्थ्य पनि राम्रो हुन्छ ।

छाला

हिंग छालाका लागि पनि फाइदाजनक हुन्छ । हिंगमा एन्टीएजिंग गुण पाइन्छ । यसको सेवनले दागधब्बा कम हुँदै जान्छ ।

महिनावारी

दैनिक रुपमा एक चिम्टी हिंग सेवन गरेमा महिनावारीको क्रममा हुने दुखाईबाट पनि राहत पाउन सकिन्छ । यसबाहेक हिंगले महिनावारी सम्बन्धी समस्याबाट पनि राहत दिन्छ ।

पेट दुखाई

हिंगको सेवन गर्नाले पाचन प्रणाली राम्रो हुन्छ । यसले पेट दुख्ने तथा पेट फुल्ने समस्या पनि हुँदैन ।