विश्व रक्तदाता दिवस मनाइदै

विश्व रक्तदाता दिवस मनाइदै

आज विश्व रक्तदाता दिवस मनाइदैछ । हरेक वर्षको जुन १४ तारिखमा संसारभरि रक्तदाता दिवसका रुपमा मनाईने चलन छ ।

मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर रक्तदाता दिवस मनाइदैछ । विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २००४ देखि यो दिवस मनाउन सुरु गरिएको थियो ।

यस दिवसलाई रक्तदान दिवस भनेर पनि मनाउने गरिन्छ । रक्तदाता दिवसका अवसरमा रक्तदान कार्यक्रम सहित रक्तदानको महत्वबारे जानकारी दिने खालका र्याली, कोणसभा, प्रभातफेरी लगायत चेतनामूलक कार्यक्रमहरु आयोजना भएको छ ।