अछाममा जीप दुर्घटना हुदा १ जनाको मृत्यु, १४ जना घाईते

अछाममा जीप दुर्घटना हुदा १ जनाको मृत्यु, १४ जना घाईते

अछाममा जीप दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने १४ जना घाईते भएका छन् ।

अछाममा लुग्राबाट साँफेबगर आउने क्रममा जिप चौरपाटी गाउँपालिका–५ लुग्रामा दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ भने १४ जना घाइते भएका भएका छन् ।

घाइतेमध्येमा अधिकांश विद्यालय आउने बालबालिका रहेको बताइएको छ । डोटीको पूर्वीचौकी गाउँपालिका–४ घर भई आमासँगै मावली घर लुग्रा आएका १८ महिनाका इशान खड्काको ज्यान गएको गाउँपालिका अध्यक्ष भीमबहादुर साउदले जानकारी दिनुभयो ।

चौरपाटी गाउँपालिका–५ का पाँच वर्षीय दीपेन्द्र रावल र आठ वर्षीय स्माइल रावल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको एम्बुलेन्स, जिपबाट उद्धार गरेर बयलपाटा अस्पतालमा पु¥याएर उपचार भइरहेको अध्यक्ष साउँदको भनाइ छ ।

अन्य घाइतेको सङ्ख्या, नामथर र ठेगानाका बारेमा विवरण सङ्कलन भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ ।

से १ ज  ४२९ नम्वरको जीप आज विहान साढे ८ वजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारी प्रहरी निरिक्षक राजेन्द्र साउदले धनगढी खबरलाई जानकारी दिनु भयो ।