हावाहुरी, बदली र मेघ गर्जनसहित वर्षाको सम्भावना

हावाहुरी, बदली र मेघ गर्जनसहित वर्षाको सम्भावना

देशका अधिकांश क्षेत्रको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्व तथा मध्य क्षेत्रमा आंशिकदेखि सामान्य तथा पश्चिमका क्षेत्रमा आंशिक बदली हुने मौसमविदले बताएका छन् ।

पूर्व र मध्यका केही स्थानमा तथा पश्चिमका एक–दुई स्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना पनि छ । यस्तै हावाहुरी चल्ने सम्भावना रहेको मौसमविदको भनाई छ । केही दिन मौसम यस्तै रहने देखिएको छ ।