शोभितको ‘बद्री बहादुर’ चैत्र २३ लाई निश्चित

शोभितको ‘बद्री बहादुर’ चैत्र २३ लाई निश्चित

शोभित बस्नेतद्वारा निर्देशित फिल्म ‘बद्री बहादुर स् मिस्टर संखुवासभा’को प्रदर्शन मिति घोषणा गरिएको छ । यसअघि पटक(पटक प्रदर्शन सरेको फिल्मलाई अब आगामी चैत २३ गते ९अप्रिल ५० प्रदर्शन गरिने भएको छ । प्रदर्शन मितिसहित बुधबार सार्वजनिक एउटा पोस्टरमा ‘धेरै हाँस्न नसक्नेले यो फिल्म नहेर्नुहोला’ भनेर उल्लेख गरिएको छ, जसले फिल्म हाँस्य प्रधान रहेको बुझाउँछ ।

सञ्चारकर्मी तथा चलचित्र विकास बोर्डका सदस्य समेत रहेका रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्म एवी पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा निर्माण भएको हो । फिल्ममा जय किसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाईको मुख्य भूमिका छ भने विशेष भूमिकामा पूजा शर्मा, सलोन बस्नेत र निर्देशक शोभित बस्नेत स्वयं छन् ।

विजय गोपाल दली प्रस्तुतकर्ता र मिथुन भोटे फिल्मको निर्मातामा छन् । फिल्ममा विनोद सापकोटाको छायांकन, टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिव बिकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व निर्देशन तथा समिर मियाँ सम्पादन छ । आरआर फिल्म्सले वितरण गर्ने फिल्मलाई काठमाडौं, लमजुङ्ग, धरान र संखुवासभा क्षेत्रमा छायांकन गरिएको हो ।