भारत घर भएका फरार प्रतिवादी धनगढीबाट पक्राउ

भारत घर भएका फरार प्रतिवादी धनगढीबाट पक्राउ

कैलालीमा प्रहरीले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

फैसला कार्यान्वयनको सिलसिलामा लागू औषध खैरो हिरोईन मुद्दामा जिल्ला अदालत कैलालीको फैसलाले ४ बर्ष ९ महिना २१ दिन कैद सजाय र रु १०,५००।– जरीवाना ठहर भई फरार रहेका भारत पिलिभित विशनपुर देउरिया ग्राम पञ्चायत घर भई हाल कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर २ बस्ने बर्ष ४१ का पप्पु भन्ने जहिर खानलाई प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो ध.उ.म.न.पा.२ स्थित निजकै कोठाबाट पक्राउ गरेको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।