एक लाख रुपैया भन्दा बढि मुल्यका भन्सार छलीका सामानहरु बरामद

एक लाख रुपैया भन्दा बढि मुल्यका भन्सार छलीका सामानहरु बरामद

कैलालीमा प्रहरीले एक लाख रुपैया भन्दा बढि मुल्यका भन्सार छलीका सामानहरु बरामद गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १ शान्तिनगरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३३,६००।– बराबरको ४२ पिस सुट र वडा नम्बर ३ भन्सार रोड स्थित त्रिनगरबाट अन्दाजी मूल्य रु. ८०,०००।– बराबरको प्रतिबन्धित बिष्फोटक पदार्थ ६ बोरा पटका र आतीसबाजी गरि जम्मा अन्दाजी मूल्य रु. १,१३,६००।– बराबरको सामानहरु आज बिहीवार प्रहरीले बरामद गरेको हो ।

प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।