सुत्केरीको मृत्यु पछि डडेल्धुरा अस्पतालमा तनाब

सुत्केरीको मृत्यु पछि डडेल्धुरा अस्पतालमा तनाब

डडेल्धुरा : डडेल्धुरा अस्पतालमा सुत्केरीको मृत्यु भएको छ । जिल्लाको अमरगढी नगरपालिका–६ बस्ने धर्मराज ताम्राकारकी श्रीमती २६ वर्षीया गीता ताम्राकारको सुत्केरी भएको १४ दिनमा ‘ब्लडिङ’ नरोकिएपछि मृत्यु भएकोे हो ।

शल्यक्रिया गरेर १४ दिन अगाडि बच्चा पाएकी उनी ९ दिन वेडभर्ना भएको बुझिएको छ । लगायतार ‘ब्लडिङ’ भएपछि शुक्रबार डडेल्धुरा अस्पताल पुगेकी उनलाई अस्पतालले ८ पिन्ड रगत दिए पनि बचाउन नसकेको एक स्वाथ्यकर्मीले बताए । उनका अनुसार अवस्था गम्भीर भएपछि ८ पिन्ड रगत दिएर रिफर गर्ने हेलिकोप्टरको समेत अस्पतालले व्यवस्था गरिएको थियो । शिशुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

चिकित्सकले लापरबाही गर्दा सुत्केरीले मृत्यु भएको पीडित पक्षको आरोप छ। उनीहरुले पीडित पक्षलाई उचित क्षतिपूर्ति, दोषी चिकित्सकलाई कारबाही र शिशुको जीवनरक्षा गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन्। यता अस्पताल प्रशासनले भने चिकित्सकको लापरबाही वा के कारण मृत्यु भएको भन्नेबारे केही बोल्नेको छैन् ।

आक्रोशित पीडित पक्षले अस्पताल परिसरमा ढुंगामुढा गर्दा अस्पतालमा आंशिक क्षति भएको छ । प्रहरी र पीडित पक्षबीच केहीबेर झडप समेत भएको थियो ।