सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य स्थिर छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँमा करोबार भइरहेको छ । 

त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला पाँच रुपैयाँ घटेर कारोबार भएको छ ।  चाँदी प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।