चलचित्र ‘पिताम्बर’को पहिलो चरणको छायांकन सुरु

चलचित्र ‘पिताम्बर’को पहिलो चरणको छायांकन सुरु

काठमाडौं । चलचित्र ‘पिताम्बर’को पहिलो चरणको छायांकन सुरु भएको छ । नवलपरासीको त्रिवेणी धाममा शुभमुहूर्त गर्दै सिनेमाको छायांकन सुरु गरिएको हो ।

कृषा चौलागाईंको निर्देशनमा निर्माण हुने चलचित्रको आजबाट पहिलो चरणअन्तर्गत १५ दिन छायांकन थालिएको हो । नवलपरासीपछि बुटवल र नेपालगञ्जमा समेत छायांकन हुने निर्देशक तथा निर्मात्री कृषा चौलागाईंले बताइन् ।

सिनेमाको पहिलो सेड्युलमा अभिनेत्री सुरक्षा पन्त, अभिनेता अनुप विक्रम शाही, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, दिव्य देव, सुपुष्पा भट्ट, विशाल पहारी, गौरव विष्ट र बालकलाकारको भागको छायांकन गरिनेछ । मुख्य अभिनेता प्रदीप खड्का र सौगात मल्ल सिनेमाको दोस्रो सेड्युलमा मात्रै जोडिने निर्माण पक्षले जनाएको छ ।

सनेमाको तीन चरणमा छायांकन हुनेछ । यसपछि सिनेमाको बाँकी छायांकन वैशाख र असार–साउनमा हुनेछ ।

चलचित्रमा प्रदीप खड्का, सौगात मल्ल, आँचल शर्मा, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्यदेव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव बिष्ट, बिशाल पहारीलगायत कलाकारको अभिनय रहनेछ । 

केपी फिल्मस्ले पुरुषोत्तम प्रधान फिल्मस्सँग सहकार्य गरेको पिताम्बरलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । सिनेमाको निर्मातामा विशाल चौलागाईं छन् ।