एक दिनमा कति वटा केरा खानु सही ?

एक दिनमा कति वटा केरा खानु सही ?

एजेन्सी । केरामा राम्रो मात्रामा फाइबर, क्याल्सियम, पोटाशियम, र आइरन जस्ता पोषक तत्व पाइन्छन् । जो स्वास्थ्यका लागि अत्यावश्यक तथा फाइदाजनक हुन्छन् ।

कतिपयलाई केरा एकदमै मन पर्छ जसले गर्दा उनीहरुले दिनमै धेरै केरा खाने गर्छन् । जो स्वास्थ्यका लागि हानिकारक पनि हुन सक्छ ।

दिनमा कति केरा खान सकिन्छ भन्ने बारेमा जानौं ।

विशेषज्ञका अनुसार केरा दिनमा कुनै पनि समय खान सकिन्छ । तर, विशेषगरी बिहानको नास्तामा केरा सेवन गर्नु फाइदाजनक मानिन्छ । यसले मेटाबोलिज्म राम्रो बन्छ ।

केरामा एकदमै धेरै प्रकारका पोषक तत्त्व पाइन्छन्, जो स्वास्थ्यका लागि फाइदाजनक हुन्छन् । यस्तोमा दिनमा दुई देखि तीन वटा केरा सेवन गर्न सकिन्छ ।

केरामा राम्रो मात्रामा फाइबर पाइन्छ जो पाचनका लागि फाइदाजनक हुन्छ । नियमित रुपमा केरा खाएर पाचन प्रणाली बलियो बनाउन पनि सकिन्छ ।

केराको नियमित सेवनले रक्तचाप नियन्त्रित गर्न सकिन्छ । यसबाहेक केरा मुटुको स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ ।
त्यसो त केरालाई तौल बढाउन दुधमा मिसाएर खाने सल्लाह दिइन्छ । तर, यसको सही मात्रामा सेवन गर्नाले बढेको तौल नियन्त्रण गर्न सकिन्छ । किनकी यसमा फाइबर हुने भएकाले पेट लामो समय भरेर राख्छ जसले गर्दा पटक पटक खानबाट बचिन्छ ।

त्यस्तै तुरुन्तै ऊर्जा दिने फलमा केरा पनि एक हो । त्यसैले कुनै पनि बेला तपाईंलाई ऊर्जाको कमी महसुस हुँदा केरा खान सक्नुहुन्छ ।
केरामा ट्रिप्टोफेन नामक तत्व पाइन्छ जसले मुड राम्रो बनाउन सहयोग गर्छ । केराको सेवनले तनाव पनि कम हुन्छ ।