सुदूरपश्चिम प्रदेशमा बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइँदै

सुदूरपश्चिम प्रदेशमा  बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइँदै

सुदूरपश्चिम प्रदेशमा पाँच लाख २३ हजार आठ सय ३९ जना बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइँदै छ ।

सुप प्रदेशका सामाजिक विकास मन्त्री झपट बहादुर साउँदले एक कार्यक्रमका बिच सेती प्रादेशिक अस्पतालमा कार्यक्रमको सुरु गर्नुभएको हो ।

प्रदेशभरि खोप अभियानमा नौ महिनादेखि ५ वर्षमुनिका दुई लाख नौ हजार सात सय ५५ जना र पाँच वर्षदेखि १५ वर्ष मुनिका तीन लाख १४ हजार ८४ जना बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइँदै छ ।

कैलाली र कञ्चनपुरमा नौ महिनादेखि १५ वर्षमुनिका र अन्य सात जिल्लामा नौ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउने योजना रहेको प्रदेश सरकारको योजना छ ।

सुप प्रदेशका स्वास्थ्य संस्था तथा खोप केन्द्रमा आज देखी दादुरा रुबेलाको खोप लगाइँदै छ ।